पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित सिद्धार्थ बैंकले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन’को साथै सो गन्तव्यहरूमा जिम्मेवारपूर्वक अन्वेषण गर्नु रहेको छ।
बैंकले यस क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आर्कषक पर्यटकी स्थलहरूको प्रवद्र्धन गर्ने प्रयास गरेको छ।
क्यालेन्डरमा सोलुखुम्बुको दूधकुण्ड, पर्साको घडिअर्वा पोखरी, दोलखाको शैलुङ्ग र छो रोल्पाताल, सिन्धुपाल्चोकको पाँचपोखरी, लम्जुङको भुजुङ गाउँ, मनाङको नार फु उपत्यका, पूर्वी रूकुमको टकसेरा गाउँ, सल्यानको कुपिन्डे ताल, डोल्पाको अपर डोल्पा, बाजुराको बडिमालिका, कञ्चनपुरको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज जस्ता मनमोहक पर्यटकी गन्तव्यहरू समावेश गरिएको छ।
यस प्रयासले आन्तरिक तथा विदेशी पर्यटकहरूलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटीकय गन्तव्यहरूको भ्रमणमा सघाउने बैंकले विश्वास लिएको छ।