इसेवा मनी ट्रान्सफर नयाँ वर्ष विशेष योजना सार्वजनिक गरेको छ।
योजनाअनुसार अब रोमानियाबाट ‘स्मिथ एन्ड स्मिथ’मार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा पठाउँदा आकर्षक लाभहरू पाइने भएको हो।
स्मिथ एन्ड स्मिथबाट रेमिटेन्स पठाउँदा हरेक हप्ता १० हजार रूपैयाँ र बम्परमा एक जनाले एक लाख रूपैयाँ जित्ने मौका पाउने इसेवा मनी ट्रान्फरले जनाएको छ।
यो अफर वैशाख १ गते (सन् २०२४ को अप्रिल १४) देखि असार ३१ गते (जुलाई १५) सम्म लागू हुनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाका अनुसार कम्पनी ग्राहकहरूको अनुभव अभिवृद्धि गर्न प्रतिबद्ध छ। यसकारण विभिन्न समय योजनाहरू सार्वजनिक गरिरहेको हुन्छ।
उनले स्मिथ एन्ड स्मिथको साझेदारीमा नयाँ योजना सुरू भएसँगै अब रोमानियाबाट सहज रूपमा पैसा पठाउनका साथै अफरबाट फाइदा लिन समेत सक्ने बताए।
इसेवा मनी ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।
इसेवा मनी ट्रान्स्फरले सेवाग्राहीहरूलाई आफ्ना १३ हजार आठ सय भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी समेत हो।