वात्सल्य नेचुरलले एक महिना १२९ दम्पतीलाई सन्तान सुख दिएको छ।
वात्सल्य नेचुरलले आइभिएफ र आइयुआइको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको छ।
यसै क्रममा वात्सल्य नेचुरलले पछिल्लो एक महिनामा १२९ दम्पतीलाई सन्तान सुख दिन सफल भएको एमब्रियोलोजी ल्याब डाइरेक्टर सुरेश यादवले जानकारी दिए।
वात्सल्य नेचुरलमा पछिल्लो तीन महिनामा आइभिएफको औसत सफलता ७०.८८ प्रतिशत रहेको उनले बताए।
जबकी विश्वव्यापी रूपमा आइभिएफको औसत सफलता ३० देखि ६० प्रतिशतको आसपास रहेको बताइन्छ।
पछिल्लो तीन महिनामा वात्सल्य नेचुरलले ३६८ जना दम्पतीलाई सन्तान सुख दिएको यादवले बताए।
यादवले लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने र वात्सल्यले सोही सेवा दिइरहेको बताए।
एआरटी टेक्नोलोजीलाई सामान्य भाषामा बुझ्दा प्रविधिको मध्यमबाट सन्तान प्राप्तिको बाटो सरल बनाउनु हो भनेर बुझ्न सकिन्छ। यस अन्तर्गत आइयुआई र आइभिएफ प्रविधि अपनाउन सकिन्छ।
वात्सल्य नेचुरलले अहिलेसम्म आइयुआई प्रविधिबाट २००० र आइभिएफ प्रविधिबाट ४००० दम्पतीलाई सन्तान सुख दिइसकेको यादवले बताए।
त्यसैगरी वात्सल्य नेचुरलले काठमाडौंसहित नेपालगञ्ज, पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि पूर्ण सुविधासहित सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले जानकारी दिएका छन्।
वात्सल्य नेचुरलले निसन्तान वा गर्भधारणसम्बन्धी कुनै पनि उपचार र सल्लाह सुझाव विशेषज्ञ चिकित्सकबाट उपलब्ध गराउदै आएको प्रबन्ध निर्देशक सुवेदीले बताए।