टेकस्पायर कलेजले आफ्ना बिएससी आइटी कोर्समा अध्ययनरत पहिलो सेमेस्टरका १८० विद्यार्थीलाई अन्तर्राष्ट्रिय एक्सपोजरका लागि मलेसिया लगेको छ।
कलेजले अन्तर्राष्ट्रिय एक्सपोजर ट्रिप तथा अभिमुखीकरण कार्यक्रम अन्तर्गत विद्यार्थीलाई गत अप्रिल १८ तारिखदेखि २३ सम्मका लागि मलेसियाको क्वालालम्पुर लगेको हो।
यो यात्रामा कलेजले विद्यार्थीहरूलाई एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन (एपियु) र यसको क्याम्पस भ्रमण गराएको थियो।
त्यस अन्तर्गत विद्यार्थीहरूले विश्वविद्यालयका विज्ञहरूबाट सिक्ने, मलेसियाका विविध उद्योगबारे जान्ने र मलेसियाको समृद्ध सांस्कृतिक सम्पदाबारे सिक्ने अवसर प्राप्त गरेका छन्।
यही भ्रमणमा विद्यार्थीहरूले विश्वविद्यालयका अध्यक्ष, उपकुलपति, निर्देशक, प्राध्यापक लगायतका अधिकारीहरूसँग अन्तर्क्रिया गर्ने अवसर समेत प्राप्त गरेको छन्।
यसले विद्यार्थीहरूलाई विज्ञहरूबाट सिक्ने तथा अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डहरूको अनुभव गर्ने अवसर मिलेको कलेजले जनाएको छ।
त्यस्तै कलेजका विद्यार्थीहरूले मलेसियामा सांस्कृतिक प्रस्तुति दिएर आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
नियमित सिकाइको अतिरिक्त यस भ्रमणले विद्यार्थीहरूलाई क्वालालम्पुर सहरबारे अझ धेरै जान्ने अवसर दिएको कलेजले जनाएको छ।
त्यो भन्दा पनि यसले विद्यार्थीहरूलाई नेपालभन्दा बाहिरको विश्व बुझ्ने अवसर समेत प्राप्त भएको उल्लेख गरिएको छ।
सन् २००० मा स्थापना भएको यस कलेजमा हाल आइटी र व्यवस्थापनका विषयको पढाइ हुने गर्छ। एपियुबाट सम्बन्धन प्राप्त यस कलेजले सिपमा आधारित सिकाइलाई प्राथामिकतामा राख्दै आएको छ।