काठमाडौं मोडल कलेजमा वैशाख १९ गतेदेखि तीनदिने अनुसन्धान प्रस्ताव लेखन कार्यशाला सुरू हुँदैछ।
प्रा. डा उपेन्द्रको अध्यक्षतामा भएको उद्घाटन सत्रमा राष्ट्रिय सभाका सदस्य माननीय डा. अन्जन शाक्य प्रमुख अतिथि थिए।
कुमार कोइराला मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति तथा कलेज व्यवस्थापन समिति केएमसीका अध्यक्ष हुन्। कलेजका प्रमुख सुरेन्द्र सुवेदीले स्वागत मन्तव्य राखेका थिए।
माननीय प्रा. डा अन्जन शाक्यलाई राष्ट्रिय सभा सदस्य भएकोमा कलेजले सम्मान समेत गरेको थियो।
पहिलो सत्रमा कोइरालाको एनाटा‘मी अफ रिसर्च प्रपोजल विषय थियो। दोस्रो सत्रको सञ्चालन केएमसीको अनुसन्धान व्यवस्थापन कक्षका प्रमुख डा. निरञ्जन देवकोटाले एपिए स्टाइल्स÷सिटेशनसँग कार्य गर्ने शीर्षकमा गरेका थिए।
तेस्रो सत्रमा डा. डेविड बस्यालले डेभलपिङ समरी, कन्क्लुजन र सिफारिस विषयमा आफ्नो धारणा राखेका थिए।
पहिलो दिनको अन्तिम सत्रलाई नेपाल खुला विश्वविद्यालयका व्यवस्थापन तथा कानुनका प्रमुख प्रो डा अरहान स्थापितले लिएका थिए।
उनले प्रस्ताव विकासमा अनुसन्धानको आयाम शीर्षकमा आफ्नो विशेषज्ञता साझा गरे। कार्यक्रमलाई विश्वविद्यालय अनुदान आयोग, नेपालले सहयोग गरेको छ।