गोरखा ब्रुअरी प्रालिले ‘व्यावसायिक सुरक्षा पुरस्कार’ प्राप्त गरेको छ।
कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको प्रतिबद्धताका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाट ‘प्रान्त नं. ४ व्यावसायिक सुरक्षा पुरस्कार’ प्राप्त गरेको हो।
कम्पनीलाई प्रदान गरिएको यो पुरस्कारले उत्पादन र सञ्चालन प्रक्रियामा उच्च सुरक्षा मापदण्ड कायम गर्न गरेको निरन्तर प्रयासलाई मान्यता दिएको बताइएको छ।
गोरखा ब्रुअरीका पिपल एण्ड कल्चर निर्देशक दिपेश मान श्रेष्ठले निरन्तर परिश्रमका कारण यो पुरस्कार प्राप्त भएको बताए।
‘सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। यो सम्मान हाम्रो टिमको निरन्तर परिश्रमको परिणाम हो, जसले सुरक्षित, स्वस्थ र उत्पादक कार्य वातावरण सुनिश्चित गर्छ,’ उनले भने।
यो सम्मानले कम्पनीले विगतदेखि प्राथमिकतामा राख्दै आएको सुरक्षा संस्कृति, नियमित तालिम, निवारक उपाय तथा श्रम सुरक्षा नियमावलीको पालना उजागर गर्ने उल्लेख गरिएको छ।
यससँगै ब्रुअरी उद्योगमा नयाँ मानक स्थापित भएको कम्पनीले जनाएको छ।