आगामी वैशाख १६ गते नेपाल कोरिया दैत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुँदैछ।
यही अवसरमा आगामी आइतबार नेपाल र दक्षिण कोरियाका संयुक्त टोलीहरू जुगल हिमाल आरोहणका लागि जाने भएका छन्।
नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र जुगल गाउँपालिकाको पहलमा उनीहरू सिन्धुपाल्चोकमा रहेको जुगल हिमाल १ र २ आरोहणका लागि जान लागेका हुन्।
आरोहण दलमा तीनजना नेपाली र सातजना दक्षिण कोरियाली आरोहीहरू हुनेछन्। यससँगै ५० जना कोरियालीहरू जुगल हिमाल आसपास ट्रेकिङमा जाने तयारीमा छन्।
उनीहरू जुगल हिमाल आरोहणबाट फर्किएपछि नेपाल पर्यटन बोर्ड र कोरियाली राजदूतावासले विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। सोही दिन आरोहण टोलीलाई सम्मान तथा बधाइ दिने तालिका छ।
सरकारले गत वर्षदेखि जुगल हिमाल आरोहणका लागि खुला गरेको हो।