काठमाडौंको दक्षिणकाली नगरपालिका- २ मा रहेको चन्द्रज्योती जलविद्युत पार्क संरक्षणमा अभावमा भत्कँदै गएको छ।
सन् १९६८ मा स्थापना भएको नेपालकै पहिलो जलविद्युत आयोजना रहेको त्यस स्थानमा जलविद्युत आयोजनालाई संरक्षण गर्न पार्क बनाइएको थियो।
लाखौं खर्चेर बनाइएको त्यस पार्कको संरक्षण भत्किन सुरू भएको छ। जसकारण स्थानीय चिन्तित बनेका छन्।
नेपालको सबैभन्दा पहिलो जलविद्युत आयोजनामा रहेको पार्क अहिले संरक्षणको पर्खाइमा छ।
स्थानीय किरण केसीले भने, 'त्यसलाई संरक्षणका लागि बजेटको आवश्यकता रहेको छ।'
सो पार्कमा मर्मत गरेर संचालनमा ल्याउन सके स्थानीय पर्यटनमा टेवा पुग्ने उनको भनाइ छ।
अहिले स्थानीय पालिकाले संचालनमा ल्याए त्यो पर्यटकबाट उठेको रकमले पछि निरन्तर संचालनमा आउनेमा दुइमत नरहेको उनले सुनाए।
नगरपालिका र वडा कार्यालयले भने अहिले बजेट नभएको र आगामी बजेटमा केही गर्न सकिने बताउँदै आएको छ।