बाराको सिमरा विमानस्थल क्षेत्रमा आज जेनजी पुस्ता र एमाले समर्थित युवाहरूबीच झडप भयो।
विमानस्थल गेटलगायत क्षेत्रमा तोडफोड भयो। त्यसकै कारण सिमरा विमानस्थलमा जहाज अवतरण र उडान अवरूद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
आज बिहान एउटा जहाज भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सिमरा अवतरण भएको थियो।
दोस्रो फ्लाइटमा एमालेका नेताहरू जाने कार्यक्रम थियो।
बाराको परवानीपुरमा एमालेनिकट युवा संघले जागरण सभा राखेको थियो र उक्त कार्यक्रममा महासचिव शंकर पोखरेललगायत नेताहरू जाने तयारीमा थिए।
उनीहरू बुद्ध एयरको जहाजमार्फत सिमरा जान खोजेका थिए तर झडप भएपछि विमान उडेन।
जिल्ला प्रशासन कार्यालय बाराले आज बेलुकी ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।