हामी मौन रहने छैनौं
बोल्नेछौं हामी ए मेरा संगी हो
आयौं पार गरेर ती सब
रोक्न चाहन्थे जो हाम्रा पाइला
अब सक्लान् के थाम्न हाम्रा वेग
आऊ मेरा संगी हो
आफ्नाले नसम्झे रुने हैन
अब ढोका ढक्ढकाउने हो र सोध्ने
मलाई किन बिर्सियौ?
हेर त, म आएँ लिएर एक सन्देश आँधीको
सुन्छौ थाहा छ, तर डगमगाइहाले तिमी कहीँकतै
समाउनेछु म तिम्रा पाखुरा
र भन्नेछु चौतारा ऊ त्यहीँ छ!
हेर त संगी, म आइपुगेकी छु तिम्रो आँगनीमा
लिएर एक सोथे, फुक्न फेरि सडकमा भुँग्रो
हेर त संगी, चौतारा उ त्यहीँ छ