महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको लागि मतगणना सुरू भएको छ।
आदिवासी जनजातितर्फ एक हजार मत गन्दा भीष्म आङ्दम्बेले अग्रता लिएका छन्। उनले ५८२ मत ल्याएका छन्। त्यस्तै दोस्रोमा विकास लामाले ४०० मत ल्याएका छन्।
त्यसैगरी दलित सहमहामन्त्रीतर्फ अहिलेसम्म ३०० मत मात्रै गनेको छ। जीवन परियारले १५४ ल्याएका छन्। उनलाई मानबहादुर विश्वकर्माले १३० मतले पछ्याइरहेका छन्।
गंगा सुनारले भने १८ मत ल्याएकी छन्।
महिलामा कोइराला पक्षबाट कमला पन्त, देउवा पक्षबाट महालक्ष्मी उपाध्यक्ष 'डिना' ले उम्मेदवारी दिएका छन्।
आदिवासी जनजातिमा देउवा पक्षबाट भिष्मराज आङ्देम्बे र कोइराला पक्षबाट विकास लामाले उम्मेदवारी दिएका छन्।
दलितमा कोइराला प्यानलबाट जीवन परियार, देउवा पक्षबाट मानबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन्।
यस्तै गंगा सुनारले स्वतन्त्रबाट उम्मेदवारी दिएकी हुन्।
कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।
कांग्रेस निर्वाचन समितिका अनुसार दलित, आदिवासी जनजाति र महिलाको एकैपटक नौ ठाउँमा मत गणना भइरहेको छ।