कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना भइरहेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको नतिजा आइरहेको छ।
जसमा दलित सहमहामन्त्री पदको ३०७७ गन्दा जीवन परियारले १४३५ मत ल्याएका छन् भने मानबहादुर विश्वकर्माले १४४३ मत ल्याएका छन्।
दलितमा परियार शेखर कोइराला र विश्वकर्मा देउवा पक्षबाट हुन्। उनीहरूबीच आठ मतको फरक छ।
कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भइरहेको छ।
बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ।
कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।
निर्वाचन समितिका अनुसार दलित, आदिवासी जनजाति र महिलाको एकैपटक नौ ठाउँमा मत गणना भइरहेको छ।
सम्पादकीय नोट : भुलवश तस्बिर फरक परेकोमा सच्याइएको छ। - सम्पादक