कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना जारी छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको नतिजा आइरहेको छ।
दलिततर्फ देउवा समूहका उम्मेदवार मानबहादुर विश्वकर्मा अगाडि छन्।
महिलातर्फ देउवा समूहकै महालक्ष्मी उपाध्याय ‘डिना’ अगाडि छिन्।
आदिवासी जनजातितर्फ पनि देउवा समूहकै उम्मेदवार भीष्मराज आङ्देम्बेले अग्रता लिइरहेका छन्।
यी तिनै क्लस्टरमा देउवा समूहका उम्मेदवारले अग्रता कायम राखेका छन्।
कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भइरहेको छ।
बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ।
कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।
निर्वाचन समितिका अनुसार दलित, आदिवासी जनजाति र महिलाको एकैपटक नौ ठाउँमा मत गणना भइरहेको छ।