नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार साँझदेखि भएको आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे विजयी भएका छन्।
आङ्दम्बेले विकास लामालाई पराजित गरेका छन्। २७११ मतका साथ उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
लामाले १९१२ मत ल्याए। सहमहामन्त्री आदिवासी जनजातितर्फ कुल ४६८१ मत खसेको थियो।
आङ्देम्बे सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने लामा शेखर कोइराला पक्षका उम्मेदवार हुन्।
कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको थियो।
बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ।
कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।