कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दलित क्लस्टरअन्तर्गत सहमहामन्त्री पदमा जीवन परियार विजयी भएका छन्।
उनले सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार मानबहादुर विश्वकर्मालाई पराजित गरेका छन्।
परियारले २२१२ मत ल्याए भने विश्वकर्माले २१७५ मत ल्याए।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझबाट सहमहामन्त्रीको मतगणना सुरू भएको थियो।
सहमहामन्त्रीअन्तर्गत दलित, आदिवासी-जनजाति र महिलाको मतगणना गरिएको थियो।
सहमहामन्त्री दलिततर्फ कुल ४६७० मत खसेको थियो। त्यसमा स्वतन्त्र उम्मेदवार गंगा सुनारले २२९ मत ल्याइन्।
कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको थियो।
बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ।
कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।