एनबी इन्स्योरेन्स कम्पनीको १९ औं शाखा ललितपुरकोे जावलाखेलमा संचालनमा आएको छ।
बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले शाखाको उद्घाटन गरे। उक्त अवसरमा समितिका नि. कार्यकारी निर्देशक श्रीमान कार्की र निर्देशक राजुरमण पौडेलको पनि उपस्थिति रहेको थियो।
चापागाईंले कम्पनीले छोटो समयमा नै आफ्नो साख स्थापित गर्न सफल भएकोमा बधाई व्यक्त गर्दै ग्राहकलाई चुस्त र सहज सेवा प्रदान गर्न सुझाव दिए। त्यस्तै आफ्नो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न पनि उनले सबैलाई आग्रह गरे।
सो अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए।
योसँगै कम्पनीको कुल १९ वटा शाखा, ४ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टर रहेको छ। १ बराबर १ को अनुपातमा हकप्रद सेयर प्रदान गरेपछि चुक्ता पुँजी ५४ करोड पुग्नेछ।
प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले तेस्रो त्रेमाससम्ममा ६ करोड २० लाख खुद मुनाफा आर्जन गरेको जानकारी दिए।