म जापान आएको करिव १ महिना भयो। मलाई यहाँको ब्यापार गर्ने तरीका निकै मन पर्यो।
हामीले नेपालमा सामान खरिद गर्दा धेरै बार्गेनिङ गर्नुपर्ने हुन्छ। फिक्स प्राइस भनिएको केही पसलहरुमा पनि सामान महँगो हुन्छ। एउटै सामानको मूल्य पसलैपिच्छे फरक फरक हुन्छ। तर जापानमा मैले यस्तो सामस्या पाइनँ।
यहाँ सबै सामानमा फिक्स प्राइस हुने भएकोले बार्गेनिङ गर्न नजान्ने हरु पनि ठगिँदैनन्। नेपालमा पनि यो सिस्टम सुरु भएदेखि ब्यापारी र ग्राहक सबैलाई सहज हुने थियो।