पुरचौँडी नगरपालिकामा द्वन्द्वकालमा विस्थापित भएका बैंक पुनःस्थापना नहुँदा स्थानीयवासीलाई सास्ती भएको छ।
द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको शाखा बन्द गरिएका थिए । शान्ति स्थापना भएको एकदशक पूरा भए पनि बैंक पुनःस्थापना नहुँदा सास्ती खेप्नु परिरहेको पुरचौँडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीले बताए।
बैंक पुनःस्थापना नहुँदा बैंकिङ कारोबारका लागि स्थानीयवासीले सदरमुकाम गोठलापानी धाउनुपर्ने बाध्यता छ। दशवटा गाविस मिलाएर पुरचौंँडी नगरपालिका घोषणा गरिएको थियो। बैंक नहुँदा सो क्षेत्रमा रहेका क्याम्पस तथा अन्य शैक्षिक संस्थालाई बैंकिङ कारोबार गर्न समस्या भएको छ । रासस