बीमा समिति र कृषि विकास कार्यालय दोलखाको संयुक्त आयोजनामा एकदिने बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । कार्यक्रममा बीमासम्बन्धी कानुनी व्यवस्था, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि विकास र विस्तारमा बीमा अभिकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिका विषयमा आफ्नो धारणा राखेका थिए।
अभिकर्ताले कहिल्यै पनि गलत सूचना दिने र विमकलाई घाटा हुने काम गर्ननहुने ज्ञान दिइएको थियो। कार्यक्रममा ६५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो।