लक्ष्मी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ३८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव गरेको छ। बैंकको आज सम्पन्न साधारणसभाले २०७२÷०७३ सम्मको संचित मुनाफाबाट २०७३ आषाढ मसान्तमा कायम सेयर पूँजीको ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
साथै सभाले बैंकको चुक्ता पूँजीमा संस्थापक शेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ।
सात सय बढी कर्मचारी मार्फत् ३६ जिल्लामा ६८ शाखाबाट सेवा पु¥याएको छ । आव २०७२÷७३ मा ४८ अर्ब निक्षेप र ४० अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ५५ अरब रहेको छ ।