दोस्रो चरणको स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसले शुरूआती अग्रता लिएको भए पनि एमालेले कांग्रेससँगको अन्तर बढाउँदै लगेको छ।
शुक्रबार बिहान साढे तीन बजेको पछिल्लो मतगणना अनुसार एमालेले एक स्थानमा जित्नुका साथै १०८ नगर तथा गाँउपालिकामा अग्रता लिएको छ भने कांग्रेस बिस्तारै पछि पर्दै गएको छ। कांग्रेसले अहिलेसम्म १०२ स्थानमा अग्रता लिएको छ भने १ स्थानमा जित हाँसिल गरेको छ।
त्यस्तै माओवादी केन्द्र १ स्थानमा विजयी हुनुका साथै ३८ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा छ।
अन्य पार्टीहरुले यी तीन पार्टीको तुलनामा फाट्ट्टफुट्ट स्थानमा मात्र अग्रता लिएका छन्।