जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति कार्यमा बाधा पुगेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले एकसाताका लागि यातायात व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न समय तालिका मिलाइएको छ।
प्रजिअ रामचन्द्र तिवारी सिडिओको अध्यक्षतामा आज भएको बैठकले बुधवारदेखि लागू हुनेगरी तोकिएको समय तालिका बमोजिम यातायात सञ्चालन गर्न संयूक्त रुपमा व्यवसायीलाई आग्रह गरेको हो।
करिडोरको जोमसोमदेखि पहिलो १८ कि.मि.सडक खण्डमा पर्ने पाक्लिङ पुल देखि पान्डाखोला सम्मको करिव २ सय किलोमिटर सडकमा सवारी साधन सञ्चालनले निर्माण कार्यमा बाधा हुने भएपछि तालिका मिलाइएको हो।
तालिकाअनुसार यस क्षेत्रमा बिहान ९ देखि ११ बजे सम्म र साँझ ५ बजेपछि मात्र यातायातका साधन सञ्चालन हुनेछ। सो अवसरमा मुस्ताङ जीप तथा बस व्यवसायी समितिका अध्यक्ष मिन प्रसाद थकालीले प्रशासनले गरेको आग्रहमा सहमति भएको बताए।