माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी अोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका छन्।
सरकार निर्माण, राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश, प्रदेश प्रमुख नियुक्तिलगायत विषयबारे छलफल गर्न अोली र दाहाल शितलनिवास पुगेका हुन्।
यसअघि
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका दाहालले राष्ट्रपतिकहाँ पुगेको राष्ट्रियसभा अध्यादेशलगायतका विषयमा छलफल गर्ने बुझिएको छ।