नेकपा एमालेको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ। निर्वाचनपछि पहिलो पटक एमाले स्थायी समिति बैठक बस्न लागेको हो।
एमाले बैठकमा निर्वाचन परिणाम, पार्टी एकता, नयाँ सरकार गठन, राष्ट्रिय सभा अध्यादेशका विषयमा छलफल हुने सचिव योगेश भट्टराईले बताए।
‘समानुपातिकको मतपरिणाम घोषणामा ढिलाई र पार्टी एकताका विषयमा पनि हामी छलफल गर्दैछौँ’, भट्टराईले भने, ‘बैठक पार्टीका बरिष्ट उपाध्यक्षको निवासमा बस्छ।‘
एमाले स्थायी समिति बैठक भैंसेपाटी स्थित वामदेव गौतमको निवासमा बस्न लागेको हो। निर्वाचनमा उम्मेद्वार टुङ्गो लगाउने विषयमा समेत एमाले बैठक भैँसेपाटी स्थित गौतम निवासमै बसेको थियो।