अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संक्रमणकालको अन्त्य भएको र मुलुक समृद्धिको बाटोतर्फ उन्मुख भएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस काठमाडौं–धनकुटा सम्पर्क समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन ।
उनले भने,‘लामो समय देखिको संक्रमणकालको अन्त्य भएको छ, कांग्रेसले त्यसको नेतृत्व लियो, कांग्रेस चुनाव हारेर पनि मुलुकले जितेको छ, यसले पनि कांग्रेस र लोकतन्त्रको भविष्य उज्वल छ भन्ने संकेत गर्दछ, त्यसैले कांग्रेसलाई नयाँ तरिकाले जनताकोबीचमा जानुको विकल्प छैन ।’
मन्त्री कार्कीले संविधानको व्यवस्था अनुसार प्रदेशको राजधानी तोकिने भएकाले आधारभूत कुराहरु र सम्भावना भएको स्थानलाई प्रदेशको राजधानी तोक्ने गृहकार्यमा सरकार रहेको जानकारि दिए । उनले भने छिट्टै प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी प्रक्रिया अनुसार तोकिने छ ।’
त्यस्तै कार्यक्रममा पूर्व सांसद मोनहर नारायण श्रेष्ठले प्रदेश नम्बर १ को राजधानी धनुकुटालाई तोक्न सरकारसँग माग गरेका छन् ।
उनले भने,‘ प्रदेश नम्बर १ को उपयूक्त राजधानी धनकुटा हुन्छ, भौगोलिक हिसावमा सेन्टरमा पर्छ, पूर्वाभार, सामथ्र्य, हावापानि, सुन्दरता र अन्तराष्ट्रिय सिमानाको देष्टिकोणले पनि त्यत्तिकै उचित छ ।’
कार्यक्रममा विजयी सन्तोसीराईले आधारपत्र प्रस्तुत गरेका थिए । त्यस्तै धनकुटा जिल्ला कार्य समितिका पूर्व सभापति हरि अधिकारी, समानुपातिक प्रदेश सभा सदस्य लिला शुब्बाले प्रदेश नम्बर १ को प्रादेशिक राजधानी धनकुटालाई तोक्न सरकारसँग माग गरेका छन् । कार्यक्रममा सुनसरीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद एवम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र प्रदेश सांसद लिला शुब्बालाई अभिनन्दन गरिएको छ ।