प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ।
आज अपरान्ह बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरू सहभागी छन्।
बैठकमा नागरिकता विधेयक, मन्त्रिमण्डल पुनर्गठन, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्री परिवर्तनको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने आजै निर्णय गरेको थियो। उक्त निर्णयका बारेमा पनि अध्यक्ष माधवकुमार नेपालले बैठकमा कुरा राखेको स्रोतले जनाएको छ।
एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर ती ठाउँमा नयाँ मन्त्री पठाउने भने पनि उक्त निर्णय कार्यान्वयन भएको छैन।