भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको सत्तारूढ दल भारतीय जनता पार्टका अध्यक्ष जेपी नड्डासँग भेट गरेका छन्।
आइतबार भाजपा मुख्यालयमा प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो।
उनीहरूबीच भएको भेटमा भारतीय विदेश मन्त्री एस जयशंकर पनि सहभागी थिए।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले उनीहरूबीच भएको भेटबारे सामाजिक सञ्जालमा जानकारी दिएका छन्।
भेटमा भएको कुराकानीबारे दुबै पक्षले औपचारिक जानकारी दिएका छैनन्।
यसअघि प्रचण्डले भारतीय विदेश मन्त्री जयशंकरसँग छुट्टै वार्ता गरेका थिए।
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने बताइएको छ तर समय खुलाइएको छैन।
तीन दिने भ्रमण सकेर प्रचण्ड आजै स्वदेश फर्कनेछन्।