कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्रमा एमालेले प्रतिनिधि सभातर्फ आफ्नो उम्मेदवार नउठाउने भएको छ।
एमालेले देउवासँग चुनाव लड्न लागेका कांग्रेस बिपीका कर्ण मल्ललाई समर्थन गर्न आफ्नो उम्मेदवार नउठाउने भएको हो।
त्यहाँ एमालेले प्रतिनिधि सभातर्फ कांग्रेस बिपीलाई समर्थन गर्दै प्रदेश सभातर्फ (क) मा पठानसिंह बोहोरालाई पुनः दोहोर्याएको छ। यस्तै प्रदेश सभा (ख) मा गजेन्द्र शाहीलाई उम्मेदवार बनाउने भएको छ।
नेकपा एमालेले सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष तर्फका लागि एमालेले उम्मेदवारहरू टुंगो लगाएको हो।
बाजुरामा प्रतिनिधि सभामा कर्णबहादुर थापा, प्रदेश सभा (क) मा लालबहादुर थापा र (ख) मा बलदेव रेग्मीलाई एमालेले उम्मेदवार बनाउने भएको छ।
बझाङमा प्रतिनिधि सभातर्फ ऐन महर, प्रदेश सभा (क) मा अफिला ओखेडा र (ख) मा एलबी रावल, दार्चुलामा प्रतिनिधि सभातर्फ गणेश ठगुन्ना, प्रदेश सभा (क) मा हर्देव जोशी र (ख) मा रामदत्त जोशी, बैतडीमा प्रतिनिधि सभातर्फ दामोदर भण्डारी, प्रदेश सभा (क) मा सुरेन्द्र पाल र (ख) मा लीलाधर भट्टलाई एमालेले टिकट दिएको छ।
यस्तै डोटीमा प्रतिनिधि सभातर्फ गौरी ओली, प्रदेश सभा (क) मा चक्र मल्ल र (ख) मा टेकबहादुर बमले टिकट पाएका छन्।
अछाम १ मा प्रतिनिधि सभातर्फ झपट बोहोरा, प्रदेश सभा (क) मा कृष्णप्रसाद जैसी र (ख) मा देवबहादुर कुँवर, अछाम– २ मा प्रतिनिधि सभातर्फ यज्ञ बोगटी, प्रदेश सभा (क) मा भीम विष्ट र (ख) मा शिव उपाध्यायलाई एमालेले उम्मेदवार बनाउने भएको छ।
कञ्चनपुर १ मा प्रतिनिधि सभातर्फ तारालामा तामाङ, प्रदेश सभा (क) मा पल्लवराज भट्ट र (ख) मा वीरबहादुर थापा, कञ्चनपुर– २ मा प्रतिनिधि सभातर्फ नरबहादुर धामी, प्रदेश सभा (क) मा कृपाराम राना र (ख) मा बचन सिंह, कञ्चनपुर– ३ मा प्रतिनिधि सभातर्फ नीरूदेवी पाल, प्रदेश सभा (क) मा सुरेन्द्र विष्ट र (ख) मा तालमेल गर्ने निर्णय एमालेले गरेको छ।
कैलाली १ मा प्रतिनिधि सभातर्फ टपेन्द्र रावल, प्रदेश सभा (क) मा द्वारिका न्यौपाने र (ख) मा तालमेल गर्ने भएको छ। एमालेले कैलाली– २ मा झपट रावल, प्रदेश सभा (क) मा कमला वली र (ख) मा डेजी पाण्डेलाई उम्मेदवार बनाउने भएको छ।
कैलाली– ३ मा प्रतिनिधि सभातर्फ गौरीशंकर चौधरी, प्रदेश सभा (क) मा जयनारायण जोशी र (ख) मा तालमेल गर्ने, कैलाली–४ मा प्रतिनिधि सभातर्फ लेखराज भट्ट, प्रदेश सभा (क) मा भीमबहादुर देउवा र (ख) मा हरिसिंह साउद, कैलाली– ५ मा प्रतिनिधि सभातर्फ नारदमुनी राना, प्रदेश सभा (क) मा यज्ञ बास्तोला र (ख) मा दुर्गा जोशीलाई एमालेले टिकट दिएको छ।