सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा र ३२ प्रदेशसभा सिटका लागि २०३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसअन्तर्गत कैलालीमा ५ प्रतिनिधिसभा सिटका लागि ४८ जनाले उम्मेदवारी दिएका छन्।
कैलाली एकमा १०, दुईमा ९, तीनमा ८, चारमा १० र पाँचमा ११ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
ती मध्ये १० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै १० वटा प्रदेशसभा सिटका लागि ९४ जनाले उम्मेदवारी दिएका छन्। जसमा ३१ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाले जनाएको छ।
कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभामा ११ जनाको उम्मेदवारी रहेकोमा पाँच जनाले स्वतन्त्र छन्।
स्वतन्त्र उम्मेदवारी दिनेहरूमा पुस्करनाथ ओझा, गगनबहादुर धामी, जगदिश चौधरी, रामबहादुर सिंह र सत्यराज उपाध्याय छन्।
यस्तै प्रदेशसभा (क) तर्फ ६ जनाले उम्मेदवारी दिएकोमा रमेशकुमार बस्नेतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। प्रदेशसभा (ख) तर्फ ८ जनाले उम्मेदवारी दर्ता गराएकोमा क्षितिज भण्डारीले स्वतन्त्र चुनाव लड्न उम्मेदवारी दर्ता गराएका हुन्।
कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभाका लागि जम्मा १० जनाको उम्मेदवारी रहेकोमा मेघराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
प्रदेशसभा (क) मा १३ जनाले उम्मेदवारी दिएकोमा खुसीराम चौधरी, टेकaहादुर देउवा, तुलाराम सापकोटा, प्रेमबहादुर शाह, भोजराज सापकोटा र राजेन्द्रप्रसाद जोशी स्वतन्त्र छन्। (ख) मा ६ जनाको उम्मेदवारी रहेकोमा टिकादत्त जोशी र भगवती ओझाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
कैलाली क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि जम्मा ८ जनाले उम्मेदवारी दिँदा रमेश आचार्य र नविनकुमार बोहराले स्वतन्त्र उम्मेदवारी दिए। प्रदेशसभा (क) मा ८ जनाको उम्मेदवारी रहेकोमा छोटेलाल चौधरी र रामचरण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
प्रदेशसभा (ख) मा १३ जनाले उम्मेदवारी दिएकोमा स्वतन्त्र खग्रेन्द्र हमाल, गोविन्दराज जोशी, पुर्णाराज जोशी, मनराज शाही, मेघबहादुर साउँद, मोहनबहादुर शाही र लक्ष्मणबहादुर शाही छन्।
यसैगरी कैलाली क्षेत्र नम्बर २ मा जम्मा प्रतिनिधि सभामा ९ जनाको उम्मेदवारी परेको छ। प्रदेशसभा (क) मा जम्मा ९ जनाको उम्मेदवारी रहेकोमा स्वतन्त्ररूपमा विर्ख महतले उम्मेदवारी दिएका छन्। (ख) मा ११ जनाले उम्मेदवारी दिएकोमा कमलप्रसाद खनाल, भरतकमार शाही, भीमवहादुर कुँवर र सन्तु डगौरा थारु स्वतन्त्र छन्।
र कैलाली क्षेत्र नम्बर १ प्रतिनिधि सभाका लागि ११ जनाले उम्मेदवारी दिएका छन्।
जसमा दिपकराज सिंह मयाल र राकेश बहादुर थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रदेशसभा (क) मा १० जनाको उम्मेदवारी दर्ता भएकोमा स्वतन्त्र छोटेलाल चौधरी, ओजारीलाल चौधरी, चन्द्रा कठरीया छन्। (ख) मा १२ जनाको उम्मेदवारी रहेकोमा रुपेशकुमार चौधरी, तिर्थराज जैशी, चक्रबहादुर चौधरी र केशरबहादुर साउँदले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।