मन्त्रालय बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको संख्यामा दलहरूले आ-आफ्नै अडान राखेपछि सहमति नभएको बैठकमा सहभागी एक नेताले बताए।
‘सबैले आफ्नो अडान नछोडेपछि प्रधानमन्त्रीले वान टु वान छलफल गर्नुहुन्छ,’ ती नेताले भने,'तीन बजेपछि फेरि बैठक बस्छ। त्यो बैठकमा सबै कुरा हुन्छ होला।’
मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको संख्या भागबन्डाको प्रस्ताव गरेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ८ र आफ्नो दल नेकपा (माओवादी केन्द्र) लाई ५ मन्त्रालयलको प्रस्ताव गरेका थिए।
उनले संसदको चौथो ठूलो दल रास्वपालाई ३ मन्त्रालयको प्रस्ताव गरेका थिए। त्यस्तै प्रचण्डले नेकपा (एकीकृत समाजवादी)लाई २ मन्त्रालयको प्रस्ताव गरेका छन् भने जनता समाजवादी पार्टीलाई समेत २ मन्त्रालय दिने प्रचण्डको प्रस्ताव छ। जनमत पार्टीलाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, लोसपलाई १ र स्वतन्त्रका तर्फबाट १ जनालाई मन्त्री बनाउने प्रचण्डको प्रस्ताव छ।