नेकपा एमालेको प्रतिनिधि परिषद् बैठक डिजिटल हुने भएको छ।
शनिबादेखि पहिलो पटक गर्न लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा डिजिटल माध्यमको प्रयोग गर्न लागेको हो।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी महासचिव शंकर पोखरेलले बैठकमा दस्ताबेजहरू मोबाइल एपमार्फत राखिने बताए।
बैठकमा ६ वटा दस्तावेजमाथि छलफल हुनेछ।
राजनीतिक, सांगठनिक र चार वटा केन्द्रीय निकायका दस्तावेजमाथि छलफल हुने पोखरेलले बताए।
परिषद् बैठकको प्रतिनिधि व्यवस्थापन, समूह छलफल र दस्तावेजमाथि ओपिनियन पोलसमेत राखिने एमालेले जनाएको छ।