नेकपा एमालेले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि अधिकांस उम्मेदवारहरू टुंगो लगाएको छ।
शनिबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नगर, जिल्ला र प्रदेशबाट सिफारिस भएका उम्मेदवारहरूको सूची अनुमोदन गरेको हो।
मंसिर १६ गते ४४ स्थानमा उपनिर्वाचन हुँदैछ।
एमालेले अहिलेसम्म ३७ स्थानको उम्मेदवार टुंग्याएको हो। त्यसमा एमालेले ७ वटा स्थानमा उम्मेदवार अनुमोदन गर्न बाँकी छ।