श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
अब नेपालीबारे संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुनेछ। समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ।
‘दलित समुदायबाट प्रतिनिधित्व हुने गरी श्रीलंकाको आवासीय राजदूतमा सिफारिस गरिएको छ,’ सरकारका प्रवक्ता गुरूङले भने।