राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीको निषेधित क्षेत्र हटाउन आग्रह गरेको छ।
मंगलबार जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै रास्वपाले रवि लामिछानेविरूद्ध लागेका आरोपका मुद्दाहरूको अदालती प्रक्रियामा सघाउने हुँदा निषेधित क्षेत्र हटाउन आग्रह गरेको हो।
कात्तिक २ गते रवि लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको थियो। त्यसको भोलिपल्ट अर्थात् कात्तिक ३ गते जिल्ला प्रशाासन कार्यालय कास्कीले पोखराको सहिदचोक लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।
लेकसाइड प्रवेशको मुख्यमार्गमा नै दुई महिनाभन्दा बढि समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरूको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको रास्वपाले बताएको छ।