नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो सचिवालय बैठक सुरू भएको हो।
केन्द्रीय कमिटी बैठक कार्यसूची तयारीलगायत विषयमा सचिवालयमा छलफल हुनेछ। एमालेले पुस महिनाभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ।
अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ। त्यस्तै पार्टीको सांगठनिक कामको पनि समीक्षा हुनेछ।
मंसिर १६ गते ४४ स्थानमा भएको स्थानीय तह उपनिर्वाचनमा पार्टीले सन्तोषजनक परिणाम हासिल गर्न नसकेको एमालेको प्रारम्भिक विश्लेषण छ। यद्यपि उसले निर्वाचन भएका जिल्ला र प्रदेश कमिटीबाट समेत समीक्षा प्रतिवेदन मागेको छ।