कांग्रेस बागमती प्रमुख सचेतकमा पुकार महर्जन मनोनीत भएका छन्।
कांग्रेस बागमती संसदीय दलको बैठकले महर्जनलाई मनोनीत गर्ने निर्णय गरेको हो।
कांग्रेस बागमतीका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महर्जनलाई प्रमुख सचेतकमा मनोनीत गरेको कांग्रेस बागमती संसदीय दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान, २०७४ को धारा ११ को उपधारा (१) बमोजिम तपाईं माननीय पुकार महर्जनलाई नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको छु। नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान, पार्टीको आदर्श, सिद्धान्त मुल्य मान्यतामा रही आफ्नो जिम्मेवारी पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ विज्ञप्तिमा भनिएको छ।