रूपन्देही जिल्ला कारागारमा रहेका रवि लामिछानेलाई ललितपुर, नख्खुस्थित कारागार ल्याउने निर्णय भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले आफूलाई काठमाडौं सार्न अनुरोध गर्दै निवेदन दिएका थिए। सो सम्बन्धमा अदालतबाट अनुमति प्राप्त भए पनि उनलाई सारिएको थिएन।
अहिले भने नख्खु कारागार व्यवस्थापन विभागका महानिर्देशक लिलाप्रसाद शर्माले लामिछानेलाई काठमाडौं उपत्यका सार्ने निर्णय गरेको गृह मन्त्रालयको स्रोतले जानकारी दियो।
शर्मा केही दिनअघि मात्र नख्खु कारागार व्यवस्थापन विभागको नेतृत्वमा आएका हुन्। यसअघि यहाँ नारायणप्रसाद भट्टराई महानिर्देशक थिए।