लाङटाङ सद्भावना दूत अशोक सिलवाल सम्मानित भएका छन्।
नेपाल पर्यटन व्यवसायी संघ (निट)को आयोजनामा राजधानीमा सम्पन्न एक भव्य कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवाललाई पच्चीस हजार रुपियाँ राशिसहितको सो सम्मान प्रदान गरेका हुन्।
विनाशकारी भुकम्प र हिमपहिरोले मानवविहिन बनेको लाङटाङ क्षेत्रमा पहिलो पत्रकारका रुपमा पैदल मार्गबाट यात्रा गरी प्रकाशमा नआएको त्यहाँको मार्मिक अवस्थालाई ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शिर्षकका दुई वृत्तचित्र निर्माणका साथै आवश्यक सुझावहितको मिहिन वस्तुस्थिति चित्रण गरिएको प्रतिवेदन र अनेकौं आलेख सार्वजनिक गरी त्यस क्षेत्रप्रति राष्ट्रिय र अन्तराष्ट्रिय ध्यानाकर्षण गराउन विशेष योगदान पुर्याएको भन्दै लेखक तथा पत्रकार सिलवाललाई सो सम्मान गरिएको हो।
यसअघि पत्रकार तथा लेखक सिलवाललाई लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्स्ट्रक्सन कमिटीले लाङटाङ सद्भावना दुतको उपाधिसहित सम्मान गरेको थियो भने ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)ले पनि विशेष सम्मान गरेको थियो।
पछिल्लो समय अनेक देशका पर्यटकलाई लिएर नेपालका अनेक भुगोल यात्रा गर्दै गरेका सिलवालले तिनै अनुभवलाई आधार बनाएर कलम चलाइरहेका छन् ।