नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका छन्।
५६ वर्षे उमेर हदका कारण वैशाख ५ गते एआइजी सन्दीप भण्डारी र वैशाख ७ गते मीरा चौधरी अवकास हुँदैछन्।
गृह मन्त्रालयले रिक्त हुने सोही पदमा जोशी र ढकाललाई सिफारिस गरेको हो।
जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन्। त्यस्तै ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।
जोशी ७३.८३६८ र ढकाल ७३.६३०६ प्राप्तांकसहित बढुवा सिफारिस भएका हुन्।