दसैँ बिदापछि आजदेखि सरकारी कार्यालयहरू खुलेका छन्।
दसैँ मनाउन असोज २४ (फुलपाती)देखि बन्द रहेका सरकारी कार्यालयहरू मंगलबारदेखि खुलेका हुन्। यद्यपि दसैँको टीका भने पूर्णिमाको दिनसम्म लगाइन्छ।
सरकारी कार्यालय खुलेको पहिलो दिन नै केही कार्यालयहरूमा सेवाग्राहीहरूको भिडभाड छ।
सवारी साधनको नवीकरण गर्ने लगायतका कार्यालयहरूमा बाक्लो भिड छ।
अरू कार्यालयहरूमा पनि सामान्य भिड छ।
बैंक तथा वित्तीय संस्थाहरूमा पनि सेवाग्राहीहरूको भिड छ।
अस्पतालहरूमा पनि मंगलबारदेखि नै ओपिडी सेवा सुरू भएको हो। यसअघि बिदाको समयमा इमरजेन्सी सेवा दिइरहेको थियो।
ओपिडी खुलेपछि अस्पतालहरूमा पनि बिरामीहरूको भिड छ।
हेर्नुस् तस्बिरहरूः
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।