जिल्ला अदालत कास्कीका ७ न्यायाधीशमध्ये एक जना मात्रै हाजिर भएका छन्।
शुक्रबार अदालतमा न्यायाधीश कृष्णजंग शाह मात्रै हाजिर भएका हुन्।
बाँकी न्यायाधीशहरू दसैं बिदा पछि फर्किएका छैनन्। शाह भने शुक्रबार नेपालगन्जबाट फ्लाइटमा कास्की पुगेका हुन्।
जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकरीका अनुसार न्यायाधीशहरूले दसैं बिदा सकिएपछि थप बिदा माग गरेका थिए।
उनीहरू आइतबार मात्रै फर्किने अधिकारीले बताए।
सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चा छ। यसबारे शुक्रबार बिहान बसेको विपक्षी दलको बैठकमा पनि कुराकानी भएको थियो।
सहकारी ठगी आरोपमा पूर्वडिआइजी छविलाल जोशी असोज ६ गते पक्राउ परेका थिए। साथै लीला पछाइलाई प्रहरीले असोज १५ गते पक्राउ गरेको थियो।
सहकारी संस्थाको बचत अपचलनमा रास्वपाका सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो।