दाङको शान्तिनगरबाट डेढ लाख बढी रकमसहित जुवाडे पक्राउ परेका छन्।
शान्तिनगर गाउँपालिका – ४ जम्लेकुलाबाट आइतबार राति एक लाख ६४ हजार ३०५ रुपैंया नगदसहित जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले सेतोपाटीलाई बताए।
रकम जितहार हुने गरी जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरवाट खटिएको बिषेश टोलीले दश जुवाडेलाई नियन्त्रणमा लिएको डिएसपी ठकुरीले जानकारी दिए।
पक्राउ परेका जुवाडेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
पक्राउ परेकाहरुको अदालतवाट म्याद थप भइ सकेपछि मात्रै नाम सार्वजनिक गरिने डिएसपी ठकुरीले बताए।