अमेरिकी विदेश मन्त्रालयले दाङकी उर्मिला चौधरीलाई सन् २०२४ को 'ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन' बाट सम्मान गरेको छ।
हरेक वर्ष ६ जनालाई दिइने उक्त अवार्ड यस वर्ष नेपालकी चौधरीले पनि पाएकी हुन्।
उनले नेपालमा सीमान्तकृत जात र जातीय समुदायको मानव अधिकार प्रवर्द्धनमा काम गर्दै आएकी छन्।
जातीय विभेद, भेदभाव, जातिवादविरूद्ध उनले गरेको उल्लेखनीय रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
‘प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरूद्ध उहाँले गर्नुभएको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय र आर्थिक विकासको पक्षमा उहाँको अथक योगदान वास्तवमै प्रेरणादायी छ,’ दूतावासले लेखेको छ।
यो पनि: जो साढे ५ वर्षकै उमेरमा दाइजोका रूपमा दाङबाट काठमाडौं पुर्याइन्