दाङकी अभियन्ता उर्मिला चौधरीलाई 'ग्लोबल एन्टी रेसिजम' अवार्ड दिइएको छ।
अमेरिकी सरकारले सन् २०२४ का लागि ग्लोबल एन्टी रेसिजम अवार्डसहित उनलाई सम्मान गरेको हो।
अमेरिकी विदेश मन्त्रालयलले देउखुरीकी चौधरीलाई उक्त सम्मान प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
चौधरी नाबालिका छँदादेखि नै अरुको घरमा कम्लहरी बस्न बाध्य पारिएकी थिइन्।
नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा चौधरी उलेखनीय भूमिका निर्वाह गर्दै आएकी एक अभियान्ता हुन्। त्यसैका लागि उनलाई अमेरिकी सरकारले सम्मान गरेको हो।
उनले सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै र प्रतिबद्धता देखाएको हुँदा अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको दूतावासले उल्लेख गरेको छ।
दूतावासले प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उर्मिलाले पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेको छ।
यो पनि: जो साढे ५ वर्षकै उमेरमा दाइजोका रूपमा दाङबाट काठमाडौं पुर्याइन्