भक्तपुरको योंसिखेलका किसानहरू नयाँ धान भित्राउन व्यस्त देखिन्छन्।
लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरू यतिबेला धान भित्र्याउन लागिपरेका हुन्।
उनीहरूको दैनिकी यतिबेला धान सुकाउनै व्यस्त देखिन्छ।
यतिबेला यहाँका खाली चोक तथा आँगन धानले भरिएको देख्न सकिन्छ।
सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाउने गरेका छन्।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी