ट्रु-कलरमा सिआइबी प्रमुखको नाम र फोटो राखेर धम्क्याउने व्यक्ति पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुखको नाम र फोटो राखेर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-१ ठूलो मिलचोक बस्ने ३० वर्षीय हेमकुमार खड्का छन्।
उनले ट्रुकलर एपमा सिआइबीबाट हो भनेर विभिन्न वित्तीय संस्था तथा व्यक्तिहरूलाई फोन गरेर धम्क्याएको आरोप छ।
सिआइबीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।