संगठित अपराध र सहकारी ठगी कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।
बिहीबार बिहान दुवै जनालाई अदालतमा उपस्थित गराइएको छ।
सुर्यदर्शन सहकारी अपचलनमा संलग्नता रहेको भन्दै लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पोखरा पुर्याएको थियो।
आइतबार उनलाई अदालतमा उपस्थित गराउँदा ६ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद बुधबार सकिएपछि पुन: अदालतमा उपस्थित गराइएको हो।
जोशीलाई पनि बुटवलमा बयानका लागि लगेर पुन: पोखरा नै फिर्ता गरिएको छ।
उनलाई प्रहरीले असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा पुर्याइएको थियो।