जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले साइलेन्सर फेरेर चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको छ।
शुक्रबार प्रहरीले बजार क्षेत्रमा चेकिङ राखेर ध्वनी प्रदूषण गरेर गुड्ने मोटरसाइकल नियन्त्रणमा लिएको हो।
कार्यालयका अनुसार शुक्रबार १८ वटा त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
मोटरसाइकलको चर्को आवाजका कारण ध्वनी प्रदूषण भएको जनगुनासो आएपछि साइलेन्सर तथा अरू भाग परिवर्तन गरी आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ।
यसका लागि कार्यालयले कात्तिक ६ गतेदेखि छुट्टै चेकिङ समूह राखेको थियो।
नियन्त्रणमा लिइएका माटरसाइकललाई थप कारबाही प्रक्रियाका लागि यातायात व्यवस्था कार्यालय सुर्खेतमा पठाइएको ट्राफिक कार्यालयले जनाएको छ।