नवलपरासी पूर्वमा एक युवकको हत्या भएको छ।
शुक्रबार राति देवचुली नगरपालिका-९ विशालटारका २९ वर्षीय मिलन मानन्धरको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी जेसी साहका अनुसार मानन्धरमाथि सोही ठाउँका ३० वर्षीय अर्जुन नेपालीले धारिलो हतियार प्रहार गरेका थिए।
धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका मानन्धरलाई शुक्रबार राति नै उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो।
हतियार प्रहार गरी फरार भएका नेपालीलाई प्रहरीले कावासोती नगरपालिका-१६ को डण्डाबाट पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिएका छन्।