दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा मोरङको उर्लाबारीमा बिहीबार साँझ दुई जनाको मृत्यु भएको छ।
मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार बेलुका दुइटा मोटरसाइकल आपसमा ठोक्किएका थिए।
इलाका प्रहरी कार्यालय उर्लाबारीले दिएको जानकारी अनुसार पूर्व पश्चिम राजमार्गमा पूर्व जाँदै गरेको प्रदेश १-०२-०५० प ८४०६ नम्बरको बाइक र पश्चिम जाँदै गरेको प्रदेश १-०२-०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका-५ का ३३ वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका-४ रमाइलोका २८ वर्षीय किशोर गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते भएका धिमालको उपचारका क्रममा उर्लाबारीकै अरनिको अस्पताल र गुरूङको मदन भण्डारी अस्पताल ट्रमा सेन्टरमा मृत्यु भएको हो।
त्यस्तै मोटरसाइकलमा सवार कानेपोखरी-४ का २६ वर्षीय अमृत लिम्बू र पथरी शनिश्चरे-५ का ३८ वर्षीय विष्णु धिमाल घाइते छन्।
उनीहरूलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको छ। दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण अनियन्त्रित भएर ठोक्किएको प्रहरीको भनाइ छ।